Array
(
)

बालेनलाई कारबाही गर्न बाटो खुल्यो

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।

न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले बुधवार बालेनको रिट खारेज गरिदिएको हो । रिट खारेज गर्दै अदालतले महानगरपालिका र मेयर बालेनलाई कारबाही गर्ने क्यानको निर्णय कार्यन्वयनको बाटो खुलाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको ५० हजार जरिवाना तिराउने निर्णयविरुद्ध बालेन अदालत गएका थिए । त्रिभुवन विमानस्थलको संवदेशनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि क्यानले बालेनलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध बालेन अदालत गएका थिए ।