काठमाडौ । स – साना बालबालिकाले पढ्ने स्कुलमा भैंसी पसेर राँइदलो मच्चाउन थालेपछि के होला ? अनुमान गर्नुस् । यो दृश्य कुनै गाउँ घर वा मोफसलको होइन । काठमाडौको शंखमुलको घटना हो यो।
काठमाडौँको बुद्धनगरस्थित ज्ञान निकेतन स्कुल हाताभित्र छिरेको एउटा भैँसीलाई प्राविधिक टोलीले डार्ट गरेर (लठ्ठिने सुई लगाएर) नियन्त्रणमा लिएको छ।
बुधबार उज्यालो नहुँदै सडकमा त्रसित अवस्थामा एउटा घाइते भैँसी दौडिरहेको देखेपछि स्थानीय त्रसित बनेका थिए। पछि त्यो भैँसी ज्ञान निकेतन मावि परिसरभित्र छिरेको थियो।
केहीबेरअघि डिभिजन वन कार्यालय स्युचाटारबाट आएको प्राविधिक टोलीले डार्ट गरेर भैँसीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए।
भैंसी बुद्धनगर, ढुंगेधारा हुँदै शंखमुल पुगेपछि ज्ञान निकेतन स्कुलको कम्पाउन्डमा पुगेपछि नियन्त्रणमा लिइएको हो।
स्कुलको कम्पाउन्डभित्र प्रवेश गरेपछि यताउति जान नदिन छेकबार गरिएको थियो। त्यहाँ ३०/४० जना सुरक्षाकर्मी रुँगेर बसेका थिए।
पछि वन कार्यालयबाट टोलीले डार्ट प्रहार गरे पनि नियन्त्रणमा लिन मुस्किल परेको थियो।
मार्न खोजिएको भैंसी ज्यान बचाएर भागेको प्रहरीको अनुमान छ। उसको एउटा सिङ भाँचिएको छ।
भैंसीको आक्रमणबाट ढुंगेधारमा एक महिला घाइते भएकी छन् भने २ वटा कारमा क्षति पुगेको एसपी कुमुद ढुंगेलले जानकारी दिए।
नयाँ बानेश्वर क्षेत्रमा आतंक मच्चाएको भैंसी पाँच घन्टापछि नियन्त्रणमा आएको छ।
बुधबार बिहान ६ बजे एक्कासी बुद्धनगर क्षेत्रको सडकमा आएर आतंक मच्चाएको भैंसीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।
डार्ट गर्नका लागि वन कार्यालय स्युचाटारबाट टोली बएको थियो।
‘टोलीले डार्ट गरेर भैंसी नियन्त्रणमा लिइसकेको छ,’ ढुंगेलले भने।