वनमन्त्री महतोले दिए धम्की :‘गौर काण्डमा उपेन्द्र यादवलाई जोडे मधेसमा फेरी आगो बल्छ’

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

सिराहा । सिरहाको धनगढीमाईमा जसपाले गरेको वृहत् पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री विरेन्द्र महतोले गौर घटनामा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जोडे फेरि मधेसमा आगो बल्ने चेतावनी दिए।

जसपा नेता समेत रहेका मन्त्री महतोले गौर घटनामा उपेन्द्र यादवलाई जोडेर सरकारले अनुसन्धान अघि बढाए मधेसमा फेरि ०६३/०६४ जस्तो आगो बल्ने बताए। मन्त्री महतोले राजनीतिक आन्दोलनमा भएका घटनालाई उछालेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजेको पनि बताए।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पटक पटक मधेसवादी शक्तिलाई समाप्त पार्ने शासकले यस पटक पनि मधेसी शक्ति समाजवादी पार्टीलाई सिध्याउन गरिरहेको प्रयास सफल नहुने टिप्पणी गरेका छन् । सिरहाको धनगढीमाईमा जसपाले गरेको वृहत् पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष यादवले गौर हत्याकाण्डबारे सरकारले पीडित भनिएकासँग गरेको सहमतितर्फ संकेत गर्दै भने, ‘मधेसी शक्तिलाई सिध्याउने शासकको सपना न पहिला पूरा भयो न कहिल्यै हुन्छ’ ।

‘मधेस र मधेसीलाई समाप्त पार्न खोज्ने आफैं समाप्त हुन्छ’ यादवले भने, ‘कुनै पनि ताकत अब मधेस र मधेसीलाई गुलाम बनाउन सक्दैन। अब मधेसी २१ औं शताब्दीको संगठित र जागरूक मधेसी हुन कसैको सामुन्ने झुक्ने बाला छैन। यो देशमा जसपा रहँदासम्म मधेस र मधेसीमाथि कुनैपनि शक्तिले आँखा देखाउन सक्दैन अब मधेसको स्वाभिमान रक्षाका लागि अन्तिम साससम्म लडिरहन्छु।’

पहिलो मधेस आन्दोलनभन्दा पलिला मधेसी, धोतीभई, बिहारी, भन्थे, हेप्थे ०६३ को माघे मधेस आन्दोलन अघिको समय सम्झँदै अध्यक्ष यादवले भने, ‘अहिले त्यसो भन्नेहरु नै अहिले गौरवका साथ आफूलाई मधेसी भन्छन्। यो मधेस आन्दोलनको देन हो। मधेसमा मधेस सरकारको निर्माण भएको छ। संसारमा छाती ठाकेर हामी मधेसी हौं र मधेस हाम्रो प्रदेश हो भन्न सक्ने भएका छौं यो गौरवको कुरा हो।’

मधेस आन्दोलन भन्दा पहिला मधेसी, दलित, महिला, मुस्लिमलगतको कहिँकतै प्रतिनिधित्व थिएन अध्यक्ष यादवले सम्झाए, ‘नामका लागि एकआध जनालाई राखिदिन्थे। तर, मधेस आन्दोलनपछि वडादेखि संसद्मा दलित, महिला, मुस्लिम, आदिवासी, जनजाति, मधेसी, सीमान्तकृतको समावेशी प्रतिनिधित्व व्यावस्था भएको छ’ उनले भने, ‘यो समावेशी लोकतन्त्र मधेस आन्दोलन र आजको जसपाको देन हो।’

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड