काठमाडौ । टंकमणि शर्मा अवकाश भएपछि सरकारी, अर्ध-सरकारी निकायको लेखापरीक्षण गर्ने प्रमुख निकायको प्रमुख अर्थात महालेखा परीक्षक बन्न १५ जनाले निवेदन दिएका छन् । संबैधानिक परिषद्ले ईच्छुकहरुको आवेदन माग गरेको थियो । आवेदन दिनेमा बहालवाला सचिव देखि पूर्व सचिवहरु नै छन् ।
महालेखा परिक्षक आकर्षक निकायका रुपमा लिइन्छ ।अन्य संवैधानिक निकायमा प्रमुखसहित सदस्यहरु हुन्छन्। तर महालेखामा भने एक जना मात्र महालेखा परीक्षक हुन्छ। त्यसो हुँदा यहाँ उसलाई निर्णय गर्न सहज हुन्छ।
साथै पदावधि पनि ६ वर्ष हुन्छ । त्यसैले यो आकर्षक मानिएको हो ।
संबैधानिक परिषद्ले आव्हान गरे अनुरुप आवेदन दिनेमा बहालवाला सचिव तोयम रायादेखि अवकाशप्राप्त सचिवहरू हरि बस्याल, गोपी मैनाली र शिशिरकुमार ढुंगानासम्मले आवेदन दिएका छन्।
चार्टर्ड एकाउन्टेन्ट डा. सुवोधकुमार कर्णले पनि आवेदन दिएका छन्। उनी राष्ट्र बैंकको सञ्चालक समिति सदस्य पनि थिए।
महालेखाबाट अवकाशप्राप्त बाबुराम गौतम, राममाया कुँवर लगायतले पनि महालेखा परीक्षक हुन इच्छा देखाएका छन्।
महालेखा परीक्षकको कार्यालयले आर्थिक पारदर्शितामा जोड दिन्छ। यसमा निजी क्षेत्रको पनि स्वार्थ हुन्छ।
पूर्व प्रमुख शर्माले गरेको कतिपय अव्यवहारिक टिप्पणीले अहिले निजी क्षेत्र र सरकार दुवै तनावमा छन्।
मर्जर, एफपीओ, पुँजीगत लाभकरजस्ता विषयमा महालेखाले बेरुजु लेखिदिँदा विदेशी लगानीसमेत प्रभावित हुन थालेको छ।