एकाएक किन स्थगित भयो कांग्रेसको राष्ट्रव्यापी अभियान?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा मंगलबार बसेको पदाधिकारी बैठक पूर्वनिर्धारित ‘समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान’ तत्कालका लागि स्थगित गर्ने टुंगोमा पुगेको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बर्षायाम नसकिएको र संसद पनि चल्ने भएकोले राष्ट्रव्यापी अभियान केही समयपछि गर्ने समझदारी बनेको बताउछन् ।

राष्ट्रव्यापी अभियान अहिलेलाई स्थगित गरिए पनि अब कहिले गर्ने भन्ने मिति तय गरिएको छैन।

साउन २० देखि ३० गतेसम्म ७७ जिल्लामै केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्य पठाएर कांग्रेसले संगठन सुदृढीकरणबारे आन्तरिक छलफलसमेत गरिसकेको अवस्थामा नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि तय गरेको ‘समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान’ स्थगित गरेको हो।

भदौ १० गतेदेखि २४ गतेसम्म देशैभर संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने कांग्रेसले निर्णय गरेको थियो।साउन १० गते सकिएको केन्द्रीय समितिले पारित गरेको वार्षिक कार्यतालिकामा अभियान भदौ १० देखि २४ गतेसम्म देशैभर सञ्चालन गर्ने उल्लेख छ।

कांग्रेसले २०८० भित्र ५ लाखदेखि ७ लाख जनासम्म नयाँ सदस्य पार्टीमा थप गर्ने योजनाअनुसार संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने तयारी गरेको थियो।

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड