Array
(
)

कर्मचारीहरुले भोलिदेखि चार घण्टा ‘पेन डाउन’ गर्ने

काठमाडौ। कर्मचारी सङ्घले गरिरहेको ‘पेन डाउन’को कार्यक्रमलाई लम्ब्याउदै जारी राख्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का आन्दोलनरत कर्मचारी सङ्घहरूले पेन डाउन चार घण्टासम्म लम्ब्याउने जानकारी दिएका छन् ।

कर्मचारीहरूको बढुवा प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन युवा तथा खेलकुद मन्त्रालय तथा व्यवस्थापन पक्षले आलटाल गरेको भन्दै दुई महिना पहिला उनीहरू आन्दोलन गरिरहेका छन् । सङ्घले भोलि बुधबारदेखि पेन डाउन कार्यक्रमलाई चार घण्टा पुर्‍याउने जनाएको छ ।

 

कर्मचारीहरूसँग भएको सहमतिअनुरूपको कार्य नभएपछि सङ्घले साउन २६ गतेदेखि पहिलो चरणको आन्दोलन सुरु गरेको थियो ।