Array
(
)

झलनाथलाई हटाएर मदनलाई महासचिव बनाएको ठाउँमा एमालेले सचिवालय बैठक गर्ने

काठमाडौ । नेकपा एमालेले झलनाथ खनाललाई बिदा गरी मदनकुमार भण्डारीलाई नयाँ महासचिव चयन गरेको घरमा आगामी सचिवालयको बैठक राख्ने भएको छ।

सिराहाको विष्णुपुरकट्टीमा एमालेको आगामी सचिवालय बैठक बस्ने भएको छ ।आगामी भदौ ९ गते उक्त स्थानमा पुगेर सचिवालय बैठक बस्न लागिएको हो।   तत्कालीन नेकपा (माले)द्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ३४ वर्षपछि त्यही स्थानमा एमाले सचिवालय बैठक बस्दैछ। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले यो कुराको पुष्टि गरेका छन् ।

२०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म पाँच दिनसम्म चौथो महाधिवेशन भएको थियो। उक्त झलनाथ खनाललाई बिदा गरी मदनकुमार भण्डारीलाई नयाँ महासचिव चयन गरेको थियो। त्यसअघि ०३९ सालमा मालेको महासचिवमा सीपी मैनालीलाई बिदा गर्दै खनाल चयन भएका थिए।

कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने चौथो महाधिवेशनलाई मान्यता नदिएर नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म विष्णुपुरकट्टी, सर्रे अम्बासमा चौथो राष्ट्रिय महाधिवेशन गरेको थियो।

‘नेकपा (माले)द्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ठीक ३४ वर्षपछि त्यसै दिन,  त्यही हलमा नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बस्ने तयारी हुँदैछ,’ ज्ञवालीले भने ।

इतिहास र वर्तमानलाई जोड्ने तथा विरासतलाई अझ सुदृढ गर्नेगरी पार्टीले यो प्रयास गरेको पनि उनले बताएका छन्।