काठमाडौ प्रहरी प्रमुखमा भुपेन्द्र, अपराधमा सोमेन्द्र

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना एसएसपीहरूको सरुवा गरेको छ । काठमाडौं प्रहरी परिसर प्रमुखमा आईजिपी सचिवालयमा कार्यरत एसएसपी भूपेन्द्र खत्री सरुवा भएका छन् भने काठमाडौ प्रमुख दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

त्यस्तै अपराध अनुसन्धानको प्रमुखमा सोमेन्द्रसिंह राठौर सरुवा भएका छन् भने मनोज केसीलाई त्यहाँबाट महिला बालवालिका निर्देशनालयमा सरुवा गरिएको छ ।

निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सरुवा गरिएको छ । सरुवाको चर्चामा रहेका लतलिपुरका सिद्धीविक्रम शाहलाई भने चलाइएको छैन । ललितपुरमा जीवन श्रेष्ठ र दिनेश आचार्यको प्रतिस्पर्धा भएका कारण शाहको भने यसपटक सरुवा भएको छैन ।

adb bank long