सानोठिमीमा भिडन्त , प्रहरीले गोली चलाउदा तीन घाइते

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बालसुधार गृहमा दिनभर तनाव भएको छ।  साथै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड गोली चलाएको छ ।

सोमबार सुधार गृहमा राखिएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर भाग्न थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार आइतबारको घटनापछि आफन्तले नारा जुलुस गरेका थिए।

त्यही क्रममा कैदीबन्दीले पछाडिको ढोका फोडेर सबै पुरुष कैदी भागेका छन्। घटनाका क्रममा तीनजना कैदी र केही प्रहरी घाइते भएका छन्।

घाइतेमध्ये एकजना गम्भीर घाइते भएका छन्। उनीसहित अन्यको नागरिक अस्पतालमा उपचार भइरहेको छ।

सुधारगृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि प्रहरीले गोली चलाएको हो। भीडन्तमा तीन कैदी र केही प्रहरी घाइते भएको बताइएको छ।

घाइते बन्दीमध्ये एक जना गम्भीर भएको जनाइएको छ। दुई जनाको स्थिति सामन्य भएको जनाइएको छ। घाइतेहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ।

सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो।

सोही विषयमा सुधार गृहको लापरवाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नारावाजी गर्दै प्रदर्शन गरेका थिए। सोही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए।

यसैक्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मुलढोका फोडर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ।

बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न सुरु गरेका थिए। उनीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए। अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन।

सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन्। सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यही भित्र रहेका छन। यसैगरी प्रहरीले फारार बन्दीहरुमध्ये करिव २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखिएको स्रोतले जनाएको छ।

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड