nepal telicom

दुई वटा ट्रक एक आपसमा ठोक्किदा तीनको मृत्यु

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

धनुषा । धनुषामा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान पौने ४ बजे मिथिला नगरपालिका ३स्थित पूर्वपश्चिम लोकमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रक ठोक्किएका हुन्।

ट्रक ठोक्किँदा ना ६ ख ६५७८ नम्बरको गाडीका चालक सुनसरी इनरवा बस्ने २८ वर्षीय सागर चौधरी, सहचालक धरान-६ बस्ने ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रकका सहचालक मोरङ बेलवारी-८ बस्ने ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको हो।

अर्का चालक सर्लाही बागमती-११ बस्ने २० वर्षीय नारायण श्रेष्ठको दुबै खुट्टामा चोट लागेको छ। उनको ढल्केवर अस्पतालमा उपचार भइरहेको छ। अवस्था गम्भीर रहेको वेदप्रसाद गौतमले जानकारी दिए।

 

adb bank long