नेकपा ब्युँताउन माधव नेपालको प्रचण्डलाई प्रस्ताब

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेकपा एकीकृक समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपालाई ब्युँताउनको लागि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रस्ताब गरेका छन् । उनले आज बिहान बालुवाटारमा प्रचण्डसँग भेट गरेर यस्तो प्रस्ताव गरेका हुन् ।
पार्टी निकट भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा अध्यक्ष नेपालले आफ्ना सामू राष्ट्रपति हुने सम्भावना हुँदा पनि आफूले धोकाको राजनीति नगरेको पनि उल्लेख गरे । काँग्रेस र माओवादीलाई धोका दिएर आफू राष्ट्रपति बन्न नचाहेको दाबी गर्दै उनले भने ,’ ‘हामीले चाहेको भए कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थ्यौं । तर, के हुन्थ्यो थाहा छैन । एकीकृत समाजवादी र माधव नेपाल धोकेबाज होइन । काँग्रेस र माओवादीलाई पनि धोका दियो भन्ने हुन्थ्यो ।’

त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको प्रस्ताव गर्दा नेपालले नेकपा ब्युँताउने शर्त राखेको चर्चा थियो । तर, ओलीले स्वीकार नगर्दा छलफल अघि नबढेको नेताहरुले बताएका छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long