nepal telicom

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ। सरकारले नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षिक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

गृह मन्त्रालयको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डिआईजीको बढुवा गरेको हो । डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरिएको हो ।
गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको गत शुक्रबारको बैठकले बढुवाका लागि बढुवा गर्न सिफारिस गरिएको थियो ।

हालका आईजीपी धिरजप्रताप सिंह र बाँकी ३ एआईजी चैत ११ गतेदेखि अनिवार्य अवकासमा जाने भएपनि त्यसपछिको नेतृत्व गर्ने प्रहरी डीआईजी नै थिए । एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी चैत ११ गतेदेखि अवकासमा जाने भएपछि पाँच डीआईजीको बढुवा भएको हो ।

adb bank long