nepal telicom

आज पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाउँमा केही दिनदेखि वर्षा र उच्च हिमाली भेगमा हिमपात भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव छ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षा भएका छन्।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा र अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

देशको पहाडी भू(भागका केही स्थानमा तथा तराई भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।

adb bank long