सुदुरपश्चिम र कर्णाली प्रदेशका बन पाखा पानी पधेरो उकाली ओराली सुख दुखको कुनै समयमा सारथि बनेकी राइझुमा ५२/५३ सालतिर उनले गाउँ बेशिको साथ छोडिन । कुनै समयमा निकै चर्चा कमाएकी राइझुमा अहिले गाउँ बस्तिमा ओझेलमा परेकी छिन ।
देश सशस्त्र द्वन्द्वमा फसे पछि सुदुर र कर्णाली प्रदेशका पहाडका जिल्लामा रहेका डाडा पाखा बन मेला बिबाह बर्तबन्ध चाड पर्बमा करिब दश बर्ष सम्म उनले सहभागीता जनाउन छोडेकी हुन ।
गाउँ बस्तिमा लालटिन मेन्टोल टुक्की र (झरो ) सल्लाको दाउराको उज्यालो बालेर मनाउने मेला चाडपर्वमा टुप्लुक्क आइ पुगेर निकै रमाइलो गरेर मनोरंजन दिने राइझुमा दस बर्ष लामो समय सम्म ती बस्तीमा भेटिन छोडिन । द्वन्द्वकालिन अवस्थामा बिकटका गाउँ बस्तीमा सास्कृती चाडपर्वमा कमि आए पछि उनले गाउँ छोडेर शहर पसेको सजिलै अनुमान गर्न सकिन्छ ।
राइझुमाले शहरमा एक्लै आउने आट गरेकी थिइन उनलाइ अछाम साफेबगर नगरपालिका वडा नम्बर ३ गोयलापानी निवासी सर्जक एंब प्रज्ञिक यज्ञराज उपाध्यायले आफू संगै काठमाडौ शहर ल्याउनु भएको हो । शहर पसेकी राइझुमा केही समयमा शहरको झिलिमिली शहरिया जीवन शैलिले निकै नै अलमलमा परिन । जब उनले शहरको जनजीवन रहसहनको बारेमा थाहा पाइन अनि मात्रै उनले राष्ट्रिय सभा गृह कमलादी,प्रज्ञ भवनका हलमा बिस्तारै प्रवेश गरिन ।
पछिल्लो समयमा त राइझुमाले उपत्यका भित्र जिल्लाभर काठमाडौ, ललितपुर र भक्तपुर विभिन्न स्थान लगाएत जमल दरबार मार्ग सुन्धारा, ठमेल गंगबु बसपार्क स्थानमा खोलिएका दोहोरी साझमा आफ्नो उपस्थिति जनाएर एक छत्र राज गर्न थालेकी रहेछन । उनको यो राजमा दाङ जिल्ला निवासी कमोल वलिको साथ समर्थन सहयोग रहेको छ ।
अहिलेसम्म राइझुमाले देशभरका दर्शक,श्रोता कला संस्कृति प्रेमिको ध्यान आफू तिर तानेर सुदुर र कर्णाली प्रदेशको दरिलो गर्बिलो उपस्थिति आफ्नो पहिचान सहित राक्ज्न सफल भएकी छिन ।
” डोटि राम्रो डडेल्धुरा अछाम राम्रो साफे , मान्छे राम्रो मन मिलेको चरी राम्रो डाफे ” यस्ता हरफका गितले धेरैको मन जित्न सफल भएकी हुन राइझुमा ।
संस्कृति अभियान्ता राजनीतिकर्मीले राइझुमाको पछिल्लो अवस्था उनको भावनाका बारेमा सोधखोज गर्न छोडे पनि पत्रकार महासंघ अछामका पुर्ब अध्यक्ष नेपाली काग्रेश पार्टी प्रदेश कार्यसमितिका सदस्य बेदप्रकाश तिमिल्सेनाले पटक पटक उनलाइ सम्झी रहेका छन । उनले कला संस्कृति साहित्यमा कलम चलाइ रहदा बस्तुनिष्ठ भएर राइझुमाका बारेमा शब्द समय खर्च गरिरहेका छन ।
बेदप्रकाश तिमिल्सेना कला संस्कृति र सुदुर र कर्णाली प्रदेशको जनजीवनका बारेमा निकै रुचिपुर्ण तवरले बिषय बस्तुको चयन गरेर यथार्थपरक सामाग्री प्रस्तुत गर्दा राइझुमालाइ निकै महत्त्व दिदै आउनु भएको छ ।
राइझुमाले जीवन जगतका बारेमा मात्रै होईन सिङ्गो खस सभ्यताको पनि प्रतिनिधित्व गर्छिन । ” एक डाली बाज गुराउसको एक डाली रैसको , ऋण पाए ब्याज तिर्न छिया बाजका बैसको ” यसरी माया प्रेमका कुरा गरेर सबैको दुख बिर्साउने अचुक औसधि पनि बन्ने गरेकी छिन ।
बृहत शान्ति सम्झौता अनि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि राइझुमाले सुदुर र कर्णाली प्रदेशका डाडा पाखा मेला पातमा ओहोरदोहोर गरिन तर मन बिसाउने उपयुक्त स्थान देखिन अहिले पनि एकतर्फी जुम्ला राजमार्गले पादुका र रारा जाने पर्यटकको ज्यान लिएको खबरले गर्दा उनको मन भतभती पोलिएको छ अनि मालिका र खप्तड दर्शन गर्न जानका लागि यात्रा सहज छैन, कष्टकर यात्रा गर्नु परेको छ । बैधनाथ,शैलेश्वरी, उग्रतारा, त्रीपुरा,निङ्गलासैनी र मालिकार्जुनले धार्मिक पर्यटकलाई पर्खी बसेका छन प्रचार प्रशार उचित ब्यबस्थापनको कमि देखिएको राइझुमाको बुझाइ छ ।
अपि,,साइपाल हिमाल खप्तड,मालिका र रामारोशन जस्ता आकर्षक र रमणीय स्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको भए पनि भौगोलिक बिकटता सजिलोसँग पुग्नका लागि अहिलेसम्म सडक निर्माण नभएको देख्दा राइझुमाको मन उदासिन हुन्छ ।
संघीय सरकारमा सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री र मन्त्री अनि कर्णाली प्रदेश बाट मन्त्री संघीय संसदमा र राष्ट्रिय सभामा निकै राम्रो प्रतिनिधित्व त्यसै गरि प्रदेश सरकार मुख्य मन्त्री,मन्त्री उपमहानगरपालिका र नगरपालिकामा प्रमुख र उपप्रमुख गाउपालिकामा अध्यक्ष उपाध्यक्ष प्राप्त गरे पनि राइझुमाका गाउँ बास्तिका समस्या सम्बोधन भएका छैन ।
अहिले पनि स्वास्थ, शिक्षा ,स्व्च्छ खानेपानी सडकको अभावमा बाचिरहेका छन राइझुमा र उनका आफन्त । एकपटक तपाईं हामी सबै राइझुमाका समस्यालाई केन्द्र भागमा राखेर नीति निर्माण गरेर कार्यान्वयन गरि मधुरो राइझुमाको अनुहारमा चम्किलो उज्यालो देख्न पहल गरौ यसैमा छ आम नागरिकको भलो ।
अस्तु
