nepal telicom

आकाशमा उडिरहेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि…

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । काठमाडौंबाट सुर्खेतको निम्ति उडेको बुद्ध एअरको एउटा विमानलाई प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको छ ।

आज बिहान पौने ८ बजे त्यसतर्फ उडेको उडान नम्बर बीएचए १३३ को विमान पौने ९ बजे काठमाडौं विमानस्थलमा अवतरण भएको छ ।

६२ जना यात्रुसहित सुर्खेत प्रस्थान गरेको विमानमा उडेको केही समयमै प्राविधिक समस्या देखिएको बुद्ध एअर स्रोतले बताएको छ ।

पछिल्ला दिनमा मुलुकका अधिकांश हवाई कम्पनीका विमानमा उडानको समय प्राविधिक समस्या देखिन थालेको छ । केही दिनअघि श्री एअरलाइन्सका सबै विमानलाई प्राविधिक परीक्षण गर्न दिनभर ग्राउण्डेड गराइएको थियो ।

adb bank long