Rastriya Banijya Bank
Suit Mala Ad
Array
(
)

यस्तो छ उपराष्ट्रपतिमा निर्वाचित रामसहायको जीवनी

काठमाडौ । २०२७ साउन ९ गते बारा बसबरियामा जन्मिएका यादवले स्नातकसम्मको अध्ययन गरेका छन्। यादवकी श्रीमती चम्पादेवी यादव, दुई छोरा र एक छोरी छन्।

उनका पिता प्रसाद राय र आमा सहवा देवीको मृत्यु भइसकेको छ।

विक्रम सम्बत् २०४८ सालमा शिक्षण पेशामा प्रवेश गरेका रामसहायको राजनीतिक यात्रा नेपाल सद्‌भावना पार्टीबाट भएको हो । उनी २०४६ देखि २०५२ सालसम्म सरस्वती नवयुवक क्लबको अध्यक्ष र जिल्ला शिक्षा समिति बाराको सदस्य भए।

नेपाल सदभावना पार्टीको चौथो महाधिवेशन प्रतिनिधिका रुपमा खटिएका यादव २०५७ सालमा गिरफ्तारीमा परेका थिए। वि।सं। २०५९ मा मधेसी जनअधिकार फोरम, नेपालमा आवद्ध भएका उनी २०६० साल फागुन ७ गते मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक संयोजक बने।

२०६० सालमा मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय सदस्य बनेका उनी २०६२र०६३ को जनआन्दोलमा सक्रिय भएर लागे। आन्दोलनका क्रममा उनी काठमाडौंबाट गिरफ्तार परेका थिए।

२०६२र०६३ सालको मधेस जनविद्रोहमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्वको जिम्मेवारीमा पनि उनले काम गरे।

२०६४ सालको पहिलो संविधानसभाको सदस्य निर्वाचित भएका उनी पहिलो संविधानसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिको सदस्यका रुपमा काम गरे। २०७२ साल मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम नेपालको उनी महासचिव बने।

वि।सं २०७२ मधेस आन्दोलनमा निषेधाज्ञा तोड्ने क्रममा प्रहरीको लाठी प्रहारबाट सख्त घाईते भएका उनी वि।सं। २०७४ सालमा प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

विसं २०७५ सालमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिव, वि.सं. २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य बने।

२०७८ सालमा वन तथा वातावरण मन्त्री बनेका यादव २०७९ को प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका हुन्।

Rastriya Banijya Bank