उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव विजयी

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । मुलुकको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादव विजयी बनेका छन्। उनलाई गठबन्धनको साथ रहेको थियो ।

आजै सम्पन्न मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए। बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म भएको थियो।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको थियो।

नयाँ उपराष्ट्रपतिका लागि यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका ममता झाले उम्मेदवार दिएका थिए।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपति मर्यादाका हिसाबले राज्यको दोस्रो माथिल्लो पद हो। नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ। यसैगरी दुईपटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ।

संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ अनुसार उनी ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long