बादलभित्र अनुमतिबिना जहाज छिराएपछि दुइ पाइलट निलम्बित

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नागरिक उड्डयन प्राधिकरणले पोखरा -जोमसोम रुटमा उडान भर्ने दुई पाइलटलाई निलम्बन गरेको छ।

प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै हिजो समिट एयरका पाइलट र को-पाइलटलाई निलम्बन गरेको हो।

अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध गर्दै थप छानबिन अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

भिएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) मा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ। अगाडिको दृश्य देखिँदैन। त्यसले गर्दा जहाज दुर्घटना हुने जोखिम बढी हुने अवस्था अउछ ।

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज दुर्घटना भएको समयभन्दा केही सेकेन्ड अगाडि यही रुटमा उडान गरेका कारण समिट एयरका पाइलट र को-पाइलट कारबाहीमा परेको प्राधिकरणले जनाएको छ।

पोखरा-जोमसोम रुटमा तारा र समिट एयरले उडान गर्दै आइरहेका छन्।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long