nepal telicom

अदालतले सजाए तोक्दा पूर्वमन्त्री धुरुधुरु रोए

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । काठमाडौको मध्यभागमा रहेको भृकुटीमण्डपको जग्गा भाडामा दिने सम्बन्धमा भएको करार सम्झौताको विषयलाई लिएर सजाय तोकेपछि पूर्वमन्त्री धुरु धुरु रोएका छन् । यसरी आफूमाथि आफूमाथि सजाय तोक्ने विशेष अदालतको फैसलालाई लिएर पूर्वमन्त्री बद्रिप्रसाद न्यौपाने धुरु धुरु रोएका हुन् । उनले यो फैसलालाई ‘पूर्वाग्रहीपूर्ण’ भनेका छन् । आज पत्रकार सम्मेलन गरेर उनले अदालतबाट भएको जरिवानाको सजाय र कैदको फैसला अन्यायपूर्ण रहेको दाबीसमेत गरेका छन् ।

पत्रकार सम्मेलनमा धुरु धुरु रुँदै आफ्ना कुरा राखेका पूर्वमन्त्री न्यौपानेले आफूमाथि सुनाइएको फैसला कानुन र प्रमाणअनुरुप नभई अन्यायपूर्ण र विवेकहीन रहेको पटक–पटक जिकीर गरे । न्यायालयबाट भएको फैसला अन्यायपूर्ण भएपनि स्वीकार गर्ने उनको भनाइ छ ।

भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट उनलाई ९ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ । अदालतको सोह आदेशलाई न्यौपानेले आफ्नो राजनीतिक भविष्य सिध्याउने खेल भनेका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ आफूविरुद्ध मुद्दा चलाएको पनि न्यौपानेको आरोप छ ।

‘समाज कल्याण परिषद्, समाज कल्याण ऐन, २०४९ को दफा ६ अनुसारको स्वशासित र संगठित संस्थाले सोही ऐनको दफा ६ को उपदफा (३) बमोजिम आफ्नो सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचविखन वा अन्य किसिमले व्यवस्था गर्न पाउने कानुनी व्यवस्थाबमोजिम भृकुटीमण्डपको जग्गा भाडामा दिन मन्त्रिपरिषदमा प्रस्ताव लगी, मन्त्रिपरिषद्ले समाज कल्याण परिषद्बाट स्विकृति लिईरहन पर्दै भनि प्रस्ताव फिर्ता आएकाले समाज कल्याण ऐन, २०४९ को दफा ५(१)(२) बमोजिमको १८ सदस्यीय परिषद् (समाज कल्याण परिषद्को सर्वोच्च निकाय) ले जग्गा भाडामा दिनेगरि निर्णय गरेकोले सोही निर्णयबमोजिम ऐनको दफा १० बमोजिमको ७ सदस्यीय कार्य सञ्चालन समितिको निर्णयले करार गरी भाडामा लगाउँदा परिषद्लाई नोक्सानी र म समेतलाई फाइदा हुन सक्ने अवस्था कहीँ कतैबाट देख्न देखाउन विशेष अदालतले सक्ने छैन,’ पत्रकार सम्मेलनमा उनले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

त्यसक्रममा पूर्वमन्त्री न्यौपानेले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनका लागि जान चाहे पनि आफूसँग आर्थिक हैसियत नरहेको दुःखेसो गरेका छन् । अदालतले तोकेको जरिवाना तिर्न, धरौटी राख्न वा बैंक ग्यारेन्टी दिन पनि नसक्ने अवस्थामा रहेको भन्दै उनी पत्रकार सम्मेलनमै पटक पटक रोएका हुन् ।

adb bank long