nepal telicom

देशको पहाडी भू-भागमा चट्याङ्गसहित वर्षको सम्भावना

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ। अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशलगायत तराईका एक दुई स्थानमा अपराह्नतिर मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

adb bank long