nepal telicom

राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ गरिएको छ।

आज उनको राष्ट‍्रपति निवास शीतलनिवासबाट बिदाइ गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रपति भण्डारीको बिदाइ गरिएको हो।

उनलाई नेपाली सेनाले २१ टोपको सलामी दिएर बिदाइ गरिएको छ। उनी आज बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी रहेको स्रोतले जनाएको छ।

बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित भण्डारीको घरमा मर्मतको काम भइरहेको हुँदा उनी छोरीको घरमा सर्न लागेकी हुन्।

 

 

adb bank long