nepal telicom

इरानी विद्यालयमा विष प्रकरण : १०० बढी पक्राउ

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । विद्यालयका हजारौं छात्रालाई रहस्यमय ढंगले विषको माध्यमबाट आक्रमण गरेको अभियोगमा इरान सरकारले एक सयभन्दा बढीलाई पक्राउ गरेको छ ।

गत नोभेम्बरको अन्त्यदेखि सतहमा आएको विष प्रकरण इरानमा गम्भीर बन्दै गएको छ । विद्यालय परिसरमा विषाक्त गन्ध फैलाएर छात्रालाई आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

धेरै छात्रा बेहोस हुने, वाकवाकी लाग्ने, सास फेर्न कठिन हुने समस्याबाट पीडित भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । देशका दुई सयभन्दा बढी विद्यालय परिषरमा विषाक्त गन्ध फैलाएर ‘शत्रु समूह’ ले आक्रमण गरेका जनाउँदै इरानी गृह मन्त्रालयले अपराधीहरूलाई कानुनको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो घटनाबाट विद्यार्थी र अभिभावक क्रुद्ध एवम् भयभीत छन् । इरानी जनतामा त्रास सिर्जना गर्ने तथा विद्यालय बन्द गराउने उद्देश्यका साथ विषाक्त आक्रमण गरिएको गृह मन्त्रालयले जनाएको छ । गत साताको मध्यदेखि भने विषाक्त आक्रमणका घटना भएका छैनन् । छात्राहरू बिरामी परेका खबर पनि प्राप्त नभएका उक्त मन्त्रालयले जनाएको छ ।

अल्वानियामा रहेको इरानको विपक्षी आतङ्कवादी सङ्गठनले उक्त आक्रमण गराएको ठानिएको छ । पक्राउ परेकाहरूसँग सोधपुछ र अनुसन्धान जारी रहेकाले आतङ्कवादी सङ्गठनसँगको उनीहरूको संलग्नता पुष्टि भइनसकेको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

इरानका ३१ प्रान्तमध्ये २५ वटा प्रान्तका करिब दुई सय ३० विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थी विषाक्त आक्रमणको शिकार भएका सरकारी तथ्यांक छ । एजेन्सी

adb bank long