बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका- ५ व्याँसीमा रहेको शान्ति आदर्श क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा सभापतिका लागि बिशाल धामीको उम्मेदवारी रहेको छ ।
त्रिभुवन विश्वविद्यालय मातहत रहेको शान्ति आदर्श क्याम्पसमा नेकपा एकीकृत समाजबादी निकट अखिलको सभापतिमा नेकपा एमाले र एसका साँझा उम्मेदवार बनेका हुन् ।
जिल्लामा नेकपा एमाले र नेकपा एकीकृत समाजबादी मिलेर चुनाबमा जाने निर्णय भएको धामिले बताए ।
धामी विद्यार्थीका हकहितका लागि संबिधान रक्षाका निमित्त विगत एक दशकदेखि विद्यार्थी आन्दोलनमा समाहित भएर लागिरहेका छन् ।
धामीले आफ्नो प्यानल विजयी भए शान्ति आर्दश क्याम्पसमा भएका विविध किसिमका समस्यालाई समाधान गर्नका लागि र विद्यार्थीलाई रोजगार मुलक र उत्पादन मुखि शिक्षा प्रदान गर्नमा काम गर्ने प्रतिवद्दता व्यक्त गरेका छन ।
त्यस्तै यता एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले पनि गठबन्धन गरेर चुनाबमा सहभागी छन् । माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी बाट बम धामी सभापतिमा उम्मेदवारी दर्ता गरेका छन ।