घरेलु हिंसा गरेको आरोपमा नेहा चौधरीका ससुरा पक्राउ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

जनकपुरधाम । घरेलु हिंसामा परेकी महोत्तरी रामगोपालपुर नगरपालिका ५ की नेहा चौधरीको ससुरा रामप्रवेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

थप दाइजो माग्दै यातना दिएर घरबाट निकाला गरेपछि नेहाले श्रीमान् डाक्टर पंकज चौधरी, ससुरा रामप्रवेश र अन्य सदस्यमाथि मुद्दा दायर गरेकी थिइन् । नेहाको श्रीमान् पंकज यसअघि नै पक्राउ परेर अहिले जेलमा रहेका छन् । नेहाका ससुरा ६० वर्षीय रामप्रवेशलाई महोत्तरी प्रहरीले मनरासिस्वा नगरपालिका २ बाट हिजो पक्राउ गरेको हो ।

२०७८ फाल्गुन २५ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहमा पंकजका परिवारले १ करोडभन्दा बढी दाइजो लिएका थिए । तर काठमाडौँमा घर पनि बनाइदिन भन्दै दबाब दिएको र नमानेपछि यातना दिएको नेहाको आरोप छ ।

सम्बन्ध बिग्रेपछि पंकजले सुरुमा डिभोर्स मुद्दा दर्ता गराए । त्यसपछि नेहाले श्रीमान् पंकज, ससुरा रामप्रवेश र परिवारका अन्य ४ सदस्यमाथि जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long