Rastriya Banijya Bank
Suit Mala Ad
Array
(
)

विद्यालय उमेरका बालवालिकाहरु चुलो चौकोमा ब्यँस्त

जिल्लाका दुर्गम वस्तीमा बसोबास गर्ने अधिकांश विद्यालय उमेरका बालवालिकाहरु विद्यालय जानुको साटो दिनहु घाँस दाउरा काट्न बन जंगल धाउने चुलो चौकोमै ब्यँस्त देखिन्छन् ।

बालवालिकाहरुलाई उचित उमेरमै विद्यालय पठाउनु पर्छ भन्ने आनि वानीको विकास नभएका अभिभावकहरुले विषेशत ति बालकालिकाहरुलाई घाँस दाउरा काट्न जंगल चाहार्ने गरेका हुन् । आर्थिक अभावका कारण ग्रामीण भेगका महिला तथा पुरुषहरु घरायसी काम भन्दा रोजगारीको काममा जाने भएकाले बालबालिकाहरुलाई घाँस दाउरा काट्न जंगल पठाउने गरेको पाईन्छ ।

आर्थिक विपन्नता भएका परिवारका बालबालिकाहरु विहान बेलुका घाँसपात अनि भान्साको काम नगरे घरधन्दा नचल्ने बताँउदै घरायसी काममा ब्यस्त हुन्छन् । विहान वेलुका घाँस काट्न जंगल जानु पर्छ कति खेर विद्यालय जाने ? पिठीउमा घाँसको भारी बोक्दै जंगलवाट घर फर्केदै बिहान खाना खाएर भाडा माझ्दै गरेकी बझाङको जयपृथ्वी नगर पालिका १ कैलाश गाउँकी ९ वर्षिया एलिशाले बिहान बेलुका हाम्रो काम गर्नु नै मुख्य काम रहेको बताउछन् ।

घरायसी काम गर्दा गर्दै विहान घाँस काट्ने र दिउसो खाना पकाउने भाँडा माझने कपडा धुने लगाएतका काम गर्दै एलिशा सिंहको दिनचार्य वित्ने गर्दछ । एलिशा जस्तै यहाँका दुर्गम बस्तीका बालबालिकाहरु विद्यालय पढ्नुको साटो घर धन्दामा ब्यस्त हुन्छन् । बुवा आमा दुईटै काम गर्न नसक्ने खालका आमाको जिब्रो नै नआउने शरिल नै नचल्ने लटाङरो खालको भएका हुदाँ झनै समस्या भएको उनका आफन्तले बताएका छन ।

ना बालिका गहभरी आशु झार्दै बताँउछिन् । विद्यालय पढ्ने रहर हुदाहुदै पनि घरायसी कामको ब्यस्तताले मंसिर देखि विद्यालयहरुमा जान नपाएको बताईन् ।अहिले भने उनि बालिका घरकै काममा ब्यस्त देखिन्छन् ।

उनि भन्दा ए कान्छा भाई पनि रहेको उनि बताउछन् । आफु लाई निकै पढ्ने मन भएपनि घरको समस्याले पढ्न नपाएको बताउछन् ।

आर्थिक विपन्नता भएका अभिभावकले छोराछोरीलाई विद्यालय पठाउनु भन्दा घरको काममा बढी सघाउने गरेकाले ग्रामीण भेगका अधिकांश बालबालिकाहरु घरमै बस्न बाध्य छन् ।बालबालिकालाई विद्यालय पढाएर के काम नोकरी पाउदैनन्, छोरी मान्छे अर्कैको घरमा जाने जात हो छोरा मान्छे ज्यालादारी गरेरै भएपनि खाइहाल्छ भन्ने मानसिकता बोकेका ग्रामीण भेगका कतिपय अभिभावकहरुले आफना बालबालिकाहरुलाई विद्यालय नपठाउने गरेको पाईन्छसमयमै खानेकुराको जोहो नगरे घरपरिवार भोकै बस्नुपर्र्नेे भएकाले महिला तथा पुरुषहरु रोजगारको काममा ब्यस्त हुने र बालबालिकाहरुलाई घरायसी काम लगाउने विडम्वना हाल ग्रामीण भेगमा जिवितै देख्न पाइन्छ ।

जिल्लामा करिव ५ हजार गरिव घरपरिवार रहेको एक तथ्याङ्कले जनाएको छ । जिल्लाका ति विपन्न गरिव घरका करिव २ हजार जती विद्यालय उमेरका बालबालिकाहरु विद्यालय नगई घरायसी काम गर्दै आएका छन् । जिल्लाको विद्यालय भर्नादर हेर्दा अन्य परिवार भन्दा विपन्न परिवारका वालवालिकाहरुको भर्नादर घटेको देखिन्छ नागरिक अगुवाका अनुसार विपन्न परिवारका अविभावक विषेशत आर्थिक अभाव, चेतनाको कमी तथा बालबालिकालाई घरायसी काममा सघाउने भएकाले भएकाले उनीहरुका बालबालिकाको विद्यालय भर्नादर बढ्न नसकेको हो ।

उनका अनुसार अन्य परिवारका बालबालिकाको आर्थिक अवस्था सन्तुलन भएको र बालबालिकाहरुलाई विद्यालय पठाउनु पर्छ भन्ने आनी बानीको विकास अविभावहरुमा भएकाले उनीहरुका बालबालिकाहरुको विद्यालय भर्ना दर बढेको हो ।

कतिपय बालबालिकाहरु श्रम गर्न बाध्य छन् । घरायसी झमेलामा अल्झेका बालबालिकाहरुको मानसिकता पुर्ण रुपमा विकसित नहुने र फोहोरी हुने गरेकाछन् । अनुशासनहिन हुने र कुलतमा फस्ने गरेकाले ब्यवहार पनि त्यतिकै नराम्रो हुने गरेको पाइन्छ । विद्यालय नजाने बालबालिकाहरु घरायसी श्रम गर्दा कतिपयले अकालमै ज्यान गुमाउनु परेको छ । भेडा बाख चराउदा, दाउरा काट्दा लडेर मुत्यु हुने तथा कतिपयले आत्महत्या गर्ने गरेकाछन् ।

दुर्गम क्षेत्रमा बसोबास गर्ने विद्यालय उमेरका बालबालिकालाई अभिभावकहरुले घरायसी काममा सघाउने भएकाले उनीहरु विद्यालयमा उपस्थित हुन नसकेको नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंह बताँउछन । सरकारले त्यस्ता बालबालिकाहरुको पहिचान गरी समयमै विद्यालयसम्म ल्याउने वातावरण सिर्जना गर्नु पर्ने सरकोरवाला ब्यक्तिहरुको भनाई रहेको छ । बालबालिकालाई अभिभावकहरुको अबस्था पहिचान गरि निशुल्क शिक्षाँ स्वास्थको ब्उबस्था सरकारले मिलाईदिनु पर्छ ।

 

Rastriya Banijya Bank