काठमाडौ । आज बिहान बसेको सत्ता गठबन्धनमा रहेको वैठकले जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले जनमतलाई उपराष्ट्रपति दिएको हो । यसअघि जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने भनिएपछि उम्मेदवारी खारेज हुनसक्ने भएकोले जनमतकी ममतालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।