नेपाल प्रहरीका पाँच डिआइजी एआइजी बढुवाका लागि सिफारिस, भावी आइजीपी कुँवर !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । समितिले सिफारिस गरेको रोलक्रमअनुसार एक नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।
यसरी रोलक्रमअनुसार पहिलो नम्बरमा रहेका कुँवरलाई भाबी प्रहरी महानिरिीक्षक(आइजीपी)को रुपमा हेरिएको छ ।

भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरु एआईजीमा बढुवा भएका हुन् । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौट हुनेछ ।

यद्यपि, अहिलेका महानिरीक्षक सिंहले ३० वर्षे सेवा अवधि हटाएर जागिर लम्ब्याउन लबइङ गरिरहेका छन् । उनको यही प्रयासका कारण ५ एआईजीको दरबन्दी रिक्त हुँदाहुँदै पनि बढुवा भएको थिएन । आज पनि बढुवा नभएको भए डीआईजीबाटै आईजीपी चयन गर्नुपर्ने अवस्था आउन सक्थ्यो ।

अब भने उनीहरुमध्यबाटै भाबी आइजिपी बन्नेछन् । सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long