nepal telicom

प्रधानमन्त्री प्रचण्डको मुद्धामा आज सुनुवाई हुँदै

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । हिजो ‘हेर्न नभ्याउने’ भन्दै स्थगित रिटको आजका लागि पेसी तोकिएको हो ।

हिजो सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । ०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका पाँच हजार जनाको जिम्मेवारी आफूले लिने बताएका थिए ।

उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् । यसअघि, उनीहरूको रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो । दरपीठ आदेश बदर भएसँगै गएको मंगलबार प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएको हो ।

adb bank long