मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज तपाईंको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कुनै कुराले अनुहारमा चमक आउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा भने सामान्य सफलता मिल्ला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउन सक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला ।
आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । आफन्तसँग भेटघाट पनि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नु पर्छ । नियमित खर्च समेत बढ्ने योग छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर स्वास्थ्यप्रति सजग रहनुहोला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज शुभकार्यको चर्चा चल्ने छ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्ने छ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीको सहयोग र हौसला मिल्ने छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्न सक्छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ । धार्मिक कार्यमा मन पनि जाला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल