मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिनको माग गर्दा २१ जनाको हत्या गरियोेः ओली

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको दाबी गरेका छन् ।

आज सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको बताएका हुन् ।

३ जेठ २०५० मा पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवन जाँदै गर्दा पार्टीका महासचिव मदन भण्डारी र जीवराज आश्रित चढेको जिप चितवनको दासढुंगामा दुर्घटनामा परेको र दुवै जनाको मृत्यु भएको घटनालाई नेपालको राजनीतिमा रहस्यमय मानिँदै आएको छ ।

भण्डारी र आश्रितको हत्या भएको भन्दै आयोग बनाएर छानबिन गर्न माग गर्दा २१ जनालाई गोली हानेर मारेको अध्यक्ष ओलीको भनाइ छ । बहुदल आएपछि कांग्रेसले मान्छे मार्दा डेमोक्रेसी भएको कटाक्ष गर्दै अध्यक्ष ओलीको कटाक्ष थियो ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long