हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि पूर्ण बन्द

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

मकवानपुर । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ सडक आजदेखि पूर्णरुपमा बन्द हुने भएको छ ।

कान्ति लोकपथ मर्मत सम्भारका लागि आजदेखि चैत १० गतेसम्म दुईतर्फी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुरको ठिङ्गन नजिकबाट ललितपुरतर्फको सडक मर्मत तथा कालोपत्रेका लागि कान्ति लोकपथ बन्द गरिएको बताइएको छ ।

कान्ति लोकपथ बन्द गरिएसँगै हेटौँडा–काठमाडौं चल्ने सुमो लगायतका साना सवारी साधनका लागि सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long