हत्कडीसहित अभियुक्त फरार भएपछि प्रहरीलाई तनाब

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित धनुषा प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका छन् ।

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया हतकडीसहित भागेपछि अहिले प्रहरीलाई तनाब भएको छ ।

धनुषा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किंदै गर्दा आइतबार बेलुकी करिब ७ बजे यदुकुहास्थित कमला नहर नजिकबाट मुखिया भागेको प्रहरीले जनाएको छ।

उनी प्रहरीको भ्यानबाट हामफालेर भागेको बताइएको छ। उनको खोजी कार्य तीव्र बनाइएको प्रहरीले बताएको छ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long