नवनियुक्त सिइओ गुरुङले पदभार ग्रहण गरे

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। कृषि विकास बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् ।
बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि गुरुङलाई सिइओमा नियुक्त गरेको थियने । उनले आज पदभार ग्रहण गरेका हुन् । सिइओ छनोट समितिले सीइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको हो । नव नियुक्त सीईओ गुरुङसँग देश तथा विदेशका बैंकङमा २६ वर्ष काम गरेको अनुभव रहेको छ ।

उनी यसअघि म्यान्माको म्यान्मा सिटिजन्स बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहेका थिए । विदेशी बैंकको सीइओ बन्ने गुरुङ नै पहिलो नेपाली नागरिक हुन् । यसअघि उनी सिभिल बैंकको सीइओ समेत थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long