‘स्पट फिक्सिङ’ मा १२ जनामाथि मुद्दा चल्ने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाल टी–२० लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’मा १२ जनामाथि मुद्धा चल्ने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि १२ जनामाथि मुद्धा चल्ने भएको हो ।

सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार लामो अनुसन्धान गरी तयार पारेको रिर्पोट आज सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन्, बाँकी ७ जनालाई पक्राउ गर्न वा मुद्दा चलाउन सिआईबीको रिपोर्टमा उल्लेख छ ।

सिआइबीले १२ जनालाई प्रतिवादी बनाईएको उक्त प्रतिवेदनमा तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ ।

गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको नेपाली टी–२० लिगका खेलमा ‘स्पट फिक्सिङ’ भएको खुलेपछि सीआईबीले लामो अनुसन्धान गरेको थियो । जसका कारण नेपाल क्रिकेट संघ र उसको नेतृत्व विवादको घेरामा परेको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long