नौ बाणिज्य बैंकको सिईओमाथि राष्ट्रबैंकको डण्डा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। नेपाल राष्ट्र बैंकले माछापुच्छ्रे, सानिमा बैंकसहित ९ वाणिज्य बैंकका सीईओ तथा अध्यक्षमाथि कारबाही गरेको छ ।

 

माछापुछ्रे बैंकका सीईओलाई पूँजी पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको । सानिमाले तत्कालीन सीईओ भुवन दाहाललाई थप सेवा सुविधा दिएको भन्दै सचेत गराइको छ ।

यता सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा नियम उल्लंघन गरेको आरोपमा प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाडौं र प्राइम कमर्सियल बैंकलाई ५० लाख रूपैयाँका दरले जरिबाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

केही बैंक भने कारबाहीमा दोहोरिएका छन् । केन्द्रीय बैंकले तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक ९हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक०, माछापुच्छ्रे र सिभिल बैंकलाई ऋणीलाई दिएको कर्जामा नियमविपरीत पुनस् प्रिमियम दर वृद्धि गरेको भन्दै सीईओलाई सचेत गराएको छ ।

यस्तै नबिल बैंकलाई ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएको भन्दै सचेत गराइएको छ ।

https://drive.google.com/file/d/1I8X6arsCq7RvlN94PQKZ78l0wHBloeuO/view

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long