उमाकुण्ड तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत एथलेटिक्स तर्फको खेलहरु सम्पन्न

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

रामेछाप । उमाकुण्ड गाउँपालिका अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत दोस्रो दिन एथलेटिक्स तर्फको खेलहरु सम्पन्न भएका छन् ।

एथलेटिक्स तर्फको खेल अन्तर्गत छात्र हाईजम्प तर्फ श्री महालंगुर मावि गुम्देलका निराजन बस्नेत प्रथम श्री सिद्धेश्वर मावि बाम्तीका निराजन बस्ने द्वितीय भए भने श्री सरस्वती मावि सुनुवारधाराका होम बहादुर बस्नेत तृतीय भएका छन् ।

त्यस्तै छात्रा तर्फ श्री चण्डेश्वरी मावि प्रितीका फुलमाया तामाङ प्रथम श्री सरस्वती मावि सुनुवारधाराका अम्बिका खड्का द्वितीय भए भने श्री महालंगुर मावि गुम्देलका सरिता थापा तृतीय भएका छन् ।

No description available.

ज्याबलिङ थ्रो छात्र तर्फ श्री कास्थेम मावि भुजीका बेन्जुमिन सुनुवार प्रथम श्री चण्डेश्वरी मावि प्रितीका समाधान शेर्पा द्वितीय भए भने श्री महालंगुर मावि गुम्देलका निराजन बस्नेत तृतीय भएका छन् ।

त्यस्तै छात्रा तर्फ श्री चण्डेश्वरी मावि प्रितीका टिकमाया तामाङ प्रथम श्री महालंगुर मावि गुम्देलका राधिका कार्की द्वितीय भए भने श्री कास्थेम मावि भुजीका रुपा माया सुनुवार तृतीय भएका छन् ।No description available.

सटफुट छात्र तर्फ श्री महालंगुर मावि गुम्देलका दावा तामाङ प्रथम श्री कास्थेम मावि भुजीका प्रकाश श्रेष्ठ द्वितीय भने श्री चण्डेश्वरी मावि प्रितीका देण्डी शेर्पा तृतीय भएका छन् ।

त्यस्तै छात्रा तर्फ श्री चण्डेश्वरी मावि प्रतीका सजिना तामाङ प्रथम श्री कैलेश्वर मावि भुजीका सुस्मिता सुनुवार द्वितीय भए भने श्री महालंगुर मावि गुम्देलका सरिता थापा तृतीय भएका छन् ।

त्रिपलजम्प छात्र तर्फ श्री सिद्धेश्वर मावि बाम्तीका अलिस बस्नेत प्रथम श्री महालंगुर मावि गुम्देलका सञ्जिव विक द्वितीय भए भने श्री कास्थेम मावि भुजीका विनोद परियार तृतीय भएका छन् ।

त्यस्तै छात्रा तर्फ श्री चण्डेश्वरी मावि प्रितीका फुलमाया तामाङ प्रथम श्री कैलेश्वर मावि गुप्तेश्वरका उर्मिला नेपाली द्वितीय भए भने श्री कास्थेम मावि भुजीका मनिषा श्रेष्ठ तृतीय भएका छन् ।

जारी प्रतियोगिता अन्तर्गत उमाकुण्ड गाउँपालिकाको ७ वटै वडाबाट सहभागी विद्यालयका छात्र/छात्रा तर्फको भलिबल खेल भने जारी रहेको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long