बालिका बलात्कार अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद सजाय सुनाएको छ ।

आज न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय निर्धारण गरेको बताईएको छ ।

 

पाण्डेमाथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो । तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।

यो मुद्दामा १० माघमा न्यायाधीश दीपक ढकालले पाण्डेलाई सो मुद्दामा दोषी ठहर गरेको थियो ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long