कांग्रेसको प्रस्ताव : राष्ट्रपति दिए प्रचण्डलाई पाँचै वर्ष सत्ताको साँचो

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । निर्वाचन पछि सरकार गठनको सन्दर्भमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच स्वार्थ मिलेन । अनपेक्षितरूपमा माओवादी र नेकपा (एमाले)को स्वार्थ मिल्यो ।

एमाले–माओवादीको स्वार्थ मिल्दा कांग्रेस पाखा लाग्यो । पछिल्लो समीकरणबाट माओवादी–एमालेको सत्तास्वार्थ त पूरा भयो, सँगै सत्ताका लागि अनेक खेल पनि सुरु भयो ।

सत्ता नेतृत्वको अवसर गुमाएको कांग्रेस निर्विकल्प प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगेको हो । सत्ता बिमुख हुन पुगेको काङ्ग्रेसले वर्तमान समीकरण बदलेर पूरै पाँच वर्षसम्म प्रधानमन्त्री पदमा रहन प्रचण्डलाई प्रस्ताव गरेको छ । राष्ट्रपति काङ्ग्रेसलाई दिन माओवादी तयार भए प्रचण्डलाई पाँच वर्षसम्म समर्थन दिने मानसिकतामा कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका छन् ।

केपी शर्मा ओली र प्रचण्डबीच आधा-आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति बनेको भएपनि पूरै पाँच वर्षसम्म प्रचण्ड नै प्रधानमन्त्री रहिरहने सङ्केतहरू देखिएका छन् । यसलाई भँजाएर प्रचण्ड ओलीसँग बार्गेनिङ गरि पाँच बर्ष नै सत्तामा बस्ने योजनामा देखिन्छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long