एसएसपी कार्कीले गरे पदभार ग्रहण

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गरेका छन्।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौं जिल्लाको प्रमुख पदमा सरुवा भएका थिए ।

प्रहरी प्रधान कार्यालयबाट काठमाडौं जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधबार विहान टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यालयमा प्रहरी अधिकारीले कार्कीलाई स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै एसएसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफू केन्द्रित हुने उनको भनाइ थियो ।

नेपालको संविधान प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै मुलुकको राजधानीको सार्वजनिक सुरक्षा शान्ति र अमनचयन कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीलाई परिचालन गर्दै हरपल निष्ठापूर्वक प्रयत्नरत रहनेछु।

अपराध नियन्त्रण र अनुसन्धानमा व्यवसायिकता र कानुनको कार्यान्वयनको माध्यमले कानुनी शासनको महसुस हुनेगरी काम गर्नेछु,ु उनले प्रतिबद्धता जनाए, ुअग्रजहरु तथा प्रहरी महानिरीक्षकको निर्देशनका साथसाथै मानवअधिकारका अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरुप न्याय निष्पक्षता र समानताका साथ काम गर्नेछु ।

मातहतका प्रहरी इकाइहरुको कमाण्डरको कार्यक्षमताका आधारमा मूल्यांकन गर्दै कामको परिणामको आधारमा मूल्यांकन गरिने उल्लेख गर्दै एसएसपी कार्कीले मातहत इकाइ प्रमुखलाई उच्च व्यवसायिकताका परिणाममुखी काम गर्न निर्देशन दिए ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long