रामेछापको मन्थलीमा नेकोस बागमती प्रदेश पुरुष भलिबल हुँदै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं। नेपाल खेलकुद महासंघ (नेकोस)को आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा नेकोस बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिता-२०७९ हुने भएको छ ।

नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ ४ गतेबाट ७ गतेसम्म सञ्चाल हुने जनाएको छ । प्रतियोगिताको समुदघाटन पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टबाट हुने जानकारी गराईएको छ ।

प्रतियोगितामा बागमती प्रदेशका १३ वटा जिल्लाबाट १३ टोलीको सहभागिता जनाउने अध्यक्ष सीताराम कार्कीले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले दुई लाख नगदसहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै द्वितीय, तृतीय हुनेले क्रमशः १ लाख र ५० हजार नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै प्रतियोगितामा सान्त्वनाले ३० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् भने उत्कृष्ट सटर, डिफेन्डर, ब्लकर, सर्बर र स्पाईकरले क्रमशः ५ हजारका दरले पुरस्कार पाउनेछन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long