nepal telicom

आज घनश्याम भुसाल दलबलसहित आलोकनगर पस्ने

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । एमाले परित्याग गरि गत चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल आज शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुने भएका छन् । आज शुक्रबार अर्याल होटलमा पत्रकार सम्मेलन गरेर उनले एकीकृत समाजवादी पार्टीमा समाहित भएको स्वघोषणा गर्ने भएका हुन् ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुषालले पार्टीमा सामेल हुन भन्दै घनश्याम भुसाललाई पत्रसमेत पठाएका थिए । पत्रमा भनिएको छ,‘पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् । त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा ९एकीकृत समाजवादी०मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ।’ मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले रुपन्देही क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। पछि भुसाललाई माओवादीले समर्थन गरेको थियो ।

adb bank long