Rastriya Banijya Bank
Suit Mala Ad
Array
(
)

राहदानी बनाउन सांसदलाई त यस्तो सास्ती , सर्वसाधारणलाई कस्तो होला ?

काठमाडौं । ‘राहदानी नवीकरणका लागि हालै म जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थिएँ, कार्यालय गेट बाहिरपट्टी लागेको लाइन भेटाउनै आधा घण्टा लाग्यो’, राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहालले गुनासो गर्दै भने ।

आज राष्ट्रियसभाअन्तर्गतको ‘दिगो विकास तथा सुशासन समिति’को बैठकमा सांसद दाहालले राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका अत्यावश्यक सेवामा देखिएको नागरिकको अत्यास लाग्दो तस्विर प्रस्तुत गरे ।

उनले भने, ‘असाध्यै लामो लाइन, व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीसहित पाँच कर्मचारी समेत खटिनु पर्यो, जनप्रतिनिधिकै यस्तो हालत छ भने आम सर्वसाधरणले कति दुःख पाएका होलान ।’

मुलुकभरका कार्यालयमा यही समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ मा विश्वासको मत माग्ने क्रममा प्रतिनिधिसभामा सम्बोधन गर्दै यो समस्या एक वर्षभित्र हल गर्ने प्रतिबद्धता जनाइसकेका छन् । त्यति मात्रै होइन, सत्तारुढ दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो र सर्वसुलभ बनाउने विषयलाई प्राथमिकताका साथ समेटिएको छ ।

Rastriya Banijya Bank