एमाले लगायतको समर्थनमा प्रचण्डले मारे बाजि , प्रधानमन्त्रीको सपथ भोली

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं। नेकपा एमाले लगायतका दलहरूको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

आइतबार प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी सहितको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

यी दलहरूसँगै स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेका थिए।
यसरी सबैको समर्थनपछि  प्रचण्डले २७५ सदस्यीय प्रतिनिधिसभामा १६९ सांसदको समर्थन पाएका छन् ।

प्रतिनिधसभा निर्वाचनमा कुनै पनि दलको  स्पष्ट बहुमत नआएकाले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।

यससँगै भोली दिउँसो ४ बजे प्रधानमन्त्रीका रूपमा प्रचण्डले सपथ ग्रहण गर्ने शितलनिवास स्रोतले जानकारी गराएको छ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long