nepal telicom

एयरहोस्टेसमाथि दुर्व्यवहार भएपछि…

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । क्याबिन क्रू संघको सामूहिक म्यासेज व्यवस्थापन पक्षलाई गोप्य शैलीमा पठाउने केही एयरहोस्टेसलाई म्यासेन्जर समूहबाट हटाइएको पाइएको छ । हड्तालका बेला साथ नदिई उडानमा सहभागी भएर व्यवस्थापनलाई सघाएको आरोपमा नौ जना एयरहोस्टेसलाई उनीहरूकै सहकर्मीले दुर्व्यवहार गरेका चर्चा व्यापक बनेको छ ।

हड्ताल भएकै दिन बुधबार काठमाडौंबाट निगमले दिल्ली, मलेसिया र दुबई उडान गरेको थियो । ती उडानमा गएका एयरहोस्टेसहरु सुस्मा तामाङ, शन्तमाया तामाङ, सोभा केसी, नगिना नेपाल, सनम योगल, निता गिरि, मुना केसी, पुनम राई, रोजी केसीले आफूहरुलाई बिहीबार जहाजबाट ओर्लिने बेला हड्तालपछि व्यवस्थापनसँग सम्झौता गरेर उडानमा जाँदै गरेका क्याबिन क्रू संघका पदाधिकारीले दुर्व्यवहार गरेको शुक्रबार निगममा दर्ता गरिएको उजुरीमा उल्लेख गरिएको छ ।

दुई जना एयरहोस्टेस स्मीता गुभाजु र आरती महर्जनको करार नवीकरण नगरेको विरोधमा नेपाल वायुसेवा निगममा कार्यरत १ सय ५७ क्याबिनक्रू (परिचारिका र परिचारक) हरुको संगठनले बुधबार र बिहीबार हड्ताल गरेको थियो । सहकर्मीहरुको करारलाई निरन्तरता दिनुपर्ने माग राख्दै ७७ जना क्याबिनक्रु निगम मुख्यालयमा भएको हड्तालमा सहभागी भएका थिए ।

adb bank long