बर्दिबास वाणिज्य सँघमा शंखको बिगुुल फुुक्ने आखिर को हुुन जागेन्द्र श्रेष्ठ ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

कुुनै बेला उनि अरुको बसमा कण्डक्टरी गर्थे । १० बर्ष त उनले अरुको बसै चलाए । सँघर्षका ती दीनहरुले उनलाई अन्ततः यातायात ब्यवसायि नै बनाए । बिकासोन्मूूख महोतरीको बर्दिबासमा बाबा बिश्वकर्मा यातायात सेवा प्रा.लि. सञ्चालन गरिरहेका तिनै जागेन्द्र श्रेष्ठ आसन्न बर्दिबास उद्योग वाणिज्य सँघको अध्यक्षको उमेदवार बनेर अहिले चर्चामा छन् ।
२०३७ मा महोतरीको सितापुुर भंगाहामा जन्मिएका श्रेष्ठ बिपी राजमार्ग यातायात ब्यवसायी समितीको बरिष्ठ उपाध्यक्ष समेत बने । स्वर्गिय पिता बलराम श्रेष्ठ र माता शान्तादेवि श्रेष्ठ जेष्ठ शुुपुुत्रका रुपमा जन्मिएका श्रेष्ठ २०७० सालबाट आफैले फर्म खोलेर यातायात ब्यवसायमा लागे । उनकी आमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात बर्दिबास नगरपालिका वडा नं. १ को निर्वाचित वडासदस्य हुुन् , एमालेबाट । ब्यवसायमा लागेको २०७० सालबाट हो । युुवाहरुले हरेक क्षेत्रमा धावा बोल्ने समय आएको बताउने उनि पञ्चकन्या कृषि पशुपंक्षि फर्मका सञ्चालक पनि हुन् ।
आसन्न बर्दिबास उधोग वाणिज्य सँघको चुनावमा श्रेष्ठले आफ्नो जित सुनिश्चत रहेको दाबि गरेकाछन् । परिवर्तनको विगुुल फुुक्न चुुनाव चिन्ह शंख लिएको बताउँदै श्रेष्ठले भने – लेखेर राख्दा हुन्छ मैले चुनावमा लोकप्रिय मत ल्याएर जित्छु । स्थानिय उधोगी , ब्यवासाय , ब्यापारीको हकअधिकारका लागि लड्ने छु । “
श्रेष्ठसँगै चुनावमा कृष्णप्रसाद गौतम र विष्णु खड्काले पनि अध्यक्षमा उमेदवारी दिएका छन् । गौतमलाई एमाले र मेयर प्रल्हाद क्षेत्रीको साथ छ भने खड्कालाई माओवादी केन्द्रको पूर्ण साथ छ भने स्वतन्त्रबाट उमेदवार बनेका श्रेष्ठको चुनाव चिन्ह संख हो।उनी बर्दिबास नगरपालिका – १ का स्थायिबासिन्दा हुन् । चुनाव पुस ५ गते हुँदै छ ।
१. उद्योगी , ब्यापारी र ब्यवसायी मात्रको पहिचान र हक अधिकार सुनिश्चित गर्न ।
२. असुरक्षित रहेको उद्योग, ब्यापार ब्यवसायको समुचित सुरक्षाको प्रत्याभुती दिन ।
३. दिन प्रतिदिन बढ्दै गैरहेको ब्यापार घाटा कम गर्ने प्रयोजनकोलागी उद्योग, ब्यापार ब्यवसायलाई निर्यात मुुखी बनाउन ।
४. उद्योगी, ब्यापारी र ब्यवसायीले निरन्तर रुपमा खेपी रहेको चर्को बैंक ब्याज कम गर्न, गराउन र कर्जा चुक्ता गर्ने समय सीमाको सुुविधा उपलब्ध गर्न, गराउन ।
५. उद्योगी, ब्यापारी र ब्यवसायी तथा निजहरु आश्रित परिवारको सामाजिक सुुरक्षाको ब्यवस्था गर्न, गराउन ।
६. उद्योगी, ब्यापारी र ब्यवसायी बिचमा आत्मीय सम्बन्ध स्थापित गर्न, गराउन ।
७. साना तथा मझौला ब्यापारी ब्यवसायीले भोगी रहेको असमान ब्यवहारको अन्त्य गर्न, गराउन ।
८. उद्योगी, ब्यापारी र ब्यवसायी मात्रको हक हितकोलागी स्थापित यस उद्योग ब्यापार संघलाई अझ बढी प्रभावकारी र संघर्षशिल बनाउन ।
९. बढ्दो ब्यापार घाटाको चपेटामा परेका उद्योगी, ब्यापारी ब्यवसायीले बेंक तथा वित्तिय संस्थाहरुमा बुुझाउंदै आएको सावां ब्याजको किस्ता बुुझाउने थप समय सीमा उपलब्ध गर्न , गराउन ।
१०. कर, दस्तुुर र विभिन्न शिर्षकहरु मार्फंत राज्यका प्रतिनिधी निकायहरुले उद्योगी, ब्यापारी ब्यवसायीहरुबाट असुुली गरीरहेको राज्य आतंकको अन्त्य गर्न, गराउन ।
११. बर्दिवास नगर र यसका आसपासका क्षेत्रहरुमा नयां उद्योग धन्दा कलकारखाना स्थापना गर्न, गराउन ।
१२. बर्दिवास नगर र यसका आसपासका क्षेत्रहरुमा बसोवास गर्ने बेरोजगार युवा युवतीहरुलाई यथोचित रोजगारको ब्यवस्था गर्न, गराउन ।
१३. बेरोजगार ब्यक्तिहरुको समुचित हक हितको लागी सम्बन्धीत निकाय संगको समन्वयमा भ्रमण, तालिम, गोष्ठी, सेमिनारको आयोजना गर्न, गराउन ।
१४. उद्योगी , ब्यापारी ब्यवसायी मात्रको हित र सम्बर्धनकोलागी एक अक्षय कोष खडा गर्न, गराउन ।
१५. साना तथा मझौला अब्यवस्थित ब्यापारी ब्यवसायीको ब्यवस्थित ब्यापार ब्यवसायको लागी निश्चित स्थानमा ब्यापार ब्यवसाय गर्ने गराउने स्थानको पहिचान गरी ब्यवस्थित र सम्मानित ब्यापार ब्यवसाय गर्न, गराउन ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long