मन्त्रीपरिषद बैठकले गर्यो सचिवहरुको सरुवा र बढुवा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । सरकारले एक सह सचिबलाई प्राबिधिक तर्फको सचिबमा बढुवा गरेको छ भने एक जना सचिवको सरुवा गरेको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका सचिव सुरेश आचार्यलाई शहरी विकास मन्त्रालयमा सरुवा गर्दै आजै सचिवमा बढुवा भएका रामआधार शाहलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरेको छ।

इञ्जियर पृष्टभूमिका आचार्य कुशल प्रशासक त हुन नै,अब्बल गीतकार पनि हुन् । सांगीतिक फाँटमा सियरा उपनामले परिचित सचिव आचार्यले केही अघिमात्र तिम्रो प्रेरणाले नामक गीति एल्वम, तिमी आकाश छुन नामक गीति एल्वम बजारमा ल्याएका छन् ।

गत मंसिर साता पहिलो शहरी सचिव रमेश सिंह अवकाश पाएपछि रिक्त पदमा साह बढुवा भएका हुन् । सिंह ले अवकास पाएपछि शहरी बिकाश मन्त्रालयको जिम्मेवारी सचिव आचार्यलाई दिइएको छ ।

कुशल प्रशासकको छवि बनाएका आचार्य जागिर अवधिमा लामो समय पर्यटन मन्त्रालयमा बिताएका थिए । सचिव बढुवा भएसँगै उनले नेपाल ट्रष्ट,राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (प्रविधिक) हुँदै केही समय खानेपानी मन्त्रालयमा बिताए । उनलाई त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको थियो ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long