काङ्ग्रेसमा गोपालमान आउट हुदा निधिलाई सुपर बम्पर

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले पुरुषतर्फका तीन जनामा दलिततर्फ सहमहामन्त्री जीवन परियार, मधेसीतर्फ नेता विमलेन्द्र निधि र खसआर्यतर्फ पहिलो नम्बरमा रहेका प्रवक्ता प्रकाशशरण महतलाई रोज्दा  आदिवासी जनजाति पुरुषतर्फ नेता गोपालमान श्रेष्ठ, थारु पुरुषतर्फ नेता योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै रहेका सहमहामन्त्री फरमुल्लाह मन्सुर देउवाको रोजाइमा पर्न सकेनन् ।

डा.महत देउवाको निर्विकल्प रोजाइ बन्दा पूर्व उपसभापति श्रेष्ठ पनि छुट्न पुगे । पार्टीका सहमहामन्त्री परियार समानुपातिक सांसद बन्दा सहमहामन्त्री मन्सुर छुटे ।

देउवा पक्षका सहमहान्त्री मन्सुर र पूर्व उपसभापति श्रेष्ठलाई पन्छाएर निधिले पाँच वर्षका लागि संघीय संसदको यात्रा तय गरे । यता मधेसी महिलातर्फ नेता निधिकी भान्जी निनुकुमारी कर्ण पनि समानुपातिक सांसद बन्ने पक्का भएको छ ।

सभापति देउवा पत्नी आरजु राणा देउवा, गहृमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु खाण, कांग्रेस नेता स्वर्गीय नविन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारी पनि सांसद बन्ने भएकी छन् । कांग्रेस केन्द्रीय सदस्यद्वय आरजु र मन्जु खसआर्य महिलातर्फ समानुपातिक सांसदका लागि सिफारिस भएकी छन् । यस्तै आदिवासी जनजातितर्फबाट राजभण्डारी  पनि सांसद बन्ने पक्का भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा सार्वधिक मत पाएकी मुक्ताकुमारी यादव पनि समानुपातिक सांसद बन्ने पक्का भएको छ । कांग्रेसका संघर्षशील महिलाहरू माया राई, सरिता प्रसाईं, प्रतिमा गौतम, नागिना यादव लगायतले समानुपातिक सांसद बन्ने मौका पाए ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long