Rastriya Banijya Bank
Suit Mala Ad
Array
(
)

चुनावी परिणामबारे युवानेता कुँवरको सातबुदे समिक्षा टिप्स

गुल्मी । नेकपा एमाले गुल्मीका युवा नेता राजेन्द्रबिक्रम कुँवरले यो निर्वाचनको मतपरिणामका सन्दर्भमा संक्षेपमा समिक्षा गरेका छन् । जुन यसप्रकार रहेको छ : –

१. संघीय तथा प्रदेश निर्वाचन परिणाम करिब सार्वजनिक भैसकेको छ । सत्ता गठबन्धनको सामुहिक प्रयास, राज्यश्रोत एवं संयन्त्रको (दुरु)पयोग, बल पुग्ने ठाउँमा बुथकब्जा समेतका प्रयासबाट पनि सहज बहुमत गठबन्धनले प्राप्त गर्न नसक्नुले देशको सशक्त शक्ति एमाले नै हो भन्ने व्यहोरा स-प्रमाण पुन:पुष्टि  गरेको छ ।

२. नेकपा (एमाले) बाट बिभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले सदर मतको ३% सम्म पनि समानुपातिक मत हासिल गरेर रास्ट्रीय दल बन्न नसक्नुले पार्टी बिभाजन गलत थियो भन्ने पुष्टि गरेको छ ।

३. राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टिको पक्षमा देखिएको जनमतले मुलधारका दल प्रती जनताको असन्तुष्टि बढ्दो छ, जनताले बिकल्पको खोजी गरिरहेका छन भन्ने देखाएको छ ।

४. नयाँ पार्टिहरु जनता प्रती, देशको बिकास, स्वाधिनताप्रती कति जिम्मेवार छन ? जनआकांक्षा बमोजिमको नेपाल बनाउन कति सफल कति असफल ?त्यो आगामी ५ बर्षको अवधी पूरा गरेपछी मात्रै तुलना गर्न सकिने छ ।

५. स्थानिय निर्वाचनमा ३४% जनमत भएको एमाले अहिले करिब २८% मा सिमित हुनुपरेको छ, जनमत डाइभर्ट हुँदा जुन क्षती भएको छ, त्यसको समीक्षा र समाधान खोज्नुपर्छ ।

६. देशभर प्रवल वामपन्थी जनमत हुँदाहुँदै बिभाजनबाट गैरवामपन्थिको स्वार्थ पूर्तिको अनुकुल वातावरण बनाउने, बहुमतमा रहेको वामपन्थिजनमत अल्पमतमा रहेको गैरवामपन्थी शक्तिबाट शासित हुनुपर्ने अवस्था सिर्जना गर्ने अपराधपूर्ण काम वाम नेतृत्वबाट जुन हुँदै आएको छ अब सच्चिने कि सक्किने ? प्रस्न नजिकिएका छन । वाम आन्दोलन जोगाउने हो भने स-साना वाम राजनितिका खुद्रा पसलहरु बन्द गरेर युगको आवस्यकता बुझ्न, बिकास र निकास दिन सक्ने विशाल कम्युनिस्ट पार्टी बनाउनुपर्छ ।

७. नवनिर्वाचित संसदको शक्ति समीकरण हेर्दा अन्योलपूर्ण, अस्थिरतालाइ बल पुग्ने खालको, साना खुद्रेहरुको बार्गेनिङ पावर बढ्ने र झन्जटिलो देखिन्छ, यसले अस्थिरता सिर्जनाको जोखिमले के यो संसद ५ बर्ष चल्छ ? भन्ने प्रस्न सङै लिएर आएको छ । यदि मध्यावधिमा गयो भने मुलधारका दलले थप क्षती व्यहोर्नुपर्नेछ साथै व्यवस्था नै संकटमा पर्न सक्छ ।

Rastriya Banijya Bank