nepal telicom

गगन थापालाई सार्वजनिक बहसमा आउन वडाअध्यक्ष भट्टराईको चुनौति

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

 

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभाका लागि काठमाडौ क्षेत्र नं. ४ का उम्मदवार गगन थापालाई एक जना वडा अध्यक्षले सार्वजनिक बहसमा आउन खुला चुनौति दिएका छन् ।

 

बुढानिल्कण्ठ नगरपालिकाका प्रवक्त समेत रहेका वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले थापालाई सार्वजनिक बहसमा आउन चुनौति दिएका हुन । उनी नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका राजन भट्टराईको पक्षमा मत मागिरहेका छन् ।

एमाले उम्मेदवार राजन भट्टराईलाई जिताउन आफू एकपल्ट नभएर हजारौँपल्ट नागरिकको घरआँगनमा पुग्नेसमेत बताएका छन् ।

 

यसअघि राजन भट्टराईसँग घरदैलोमा देखिएका वडाध्यक्षले आचारसंहिता उल्लंघन गरेको विषयमा आएको समाचार गगन थापाको सचिवालयले लेखाएको आरोप लगाएका छन् ।

‘१५ वर्षमा के भएछ सजिलै थाहा पाइयो । आउनुहोस् निवर्तमान सांसदज्यू म तपाईंसँग कपन डुबानको समाधानको निमित्त बक्स कल्भर्ट, नगर अस्पताल निर्माण, मेलम्ची खानेपानी, करिडोर निर्माणलगायतका विषयमा कसको योगदान कति छ सार्वजनिक बहस गर्न तयार छुु, उनले फेसबुकमा लेखेका छन्, ‘म मेरो पार्टीका इमानदार, विकासप्रेमी, सत्यवादी नेता जिताउन एकपटक हैन हजारौँ पटक नागरिकको घररआँगनमा भोट माग्न जान्छु ।’

निर्वाचन आचारसंहिताअनुसार, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन पाइँदैन ।

adb bank long