प्रचण्ड र नारायणकाजीलाई फेरी आयोगको २४ घण्टे पुर्जी

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

 

काठमाडौ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ ।

 

प्रचण्डलाई यसअघि नै चुनाबी कार्यक्रममा पञ्चे बाजा बजाएको विषयमा स्पष्टीकरण सोधिसकेको छ ।

 

 

अहिले फेरी निर्वाचन प्रचारप्रसारका क्रममा हसिया हतौडा संकेत रहेको टोपी प्रयोग गरेको सम्बन्धमा प्रचण्ड र नारायणकाजीलाई स्पष्टीकरण सोधिएको हो ।

 

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका प्रचण्ड उपस्थित कार्यक्रममा हसिया हथौडा अंकित नेपाली टोपी प्रयोग गरिएको थियो । उक्त कार्यक्रममा प्रचण्ड र श्रेष्ठ दुबै जना उपस्थित रहेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

 

निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ ।

 

निर्वाचन प्रचारप्रसारको लागि क्यापको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र र्वाचन आयोग नेपाल वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long